९ करोड रुपैयाँ अंकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका पिएनले पाए सफाई

काठमाडौं। मालपोत कार्यालय चाबहिलमा कार्यरत तत्कालिन कार्यालय सहयोगी राजेन्द्र बस्नेतले अंकुत सम्पत्ति आर्जनको आरोपबाट सफाई पाएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठसहितको इजलासले आइतबार बस्नेतसहित श्रीमती सिता बस्नेत, आमा टुकुकुमारी बस्नेत र भतिजी कृपा बस्नेतलाई सफाई दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध ९ करोड रुपैयाँ बिगो दावी गर्दै २०७६ माघ १६ गते अदालतमा मुद्धा दायर गरेको थियो।

मालपोत कार्यालयमा नक्कली रसिद काटेर राजस्व चुहावट गरेको आरोप लागेका बस्नेतमाथि पछि अंकुत सम्पत्ति आर्जनको पनि मुद्दा थपिएको थियो। बस्नेतले २०४५ कात्तिक १९ गते सरकारी सेवा सुरु गरेका थिए। त्यसक्रममा उनी विभिन्न मालपोत कार्यालय पुगेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *