काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले १ करोड भन्दा बढीको अवैध प्याज नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा मातहतबाट खटिएको प्रहरी टोलीले गत भाद्रदेखि अहिलेसम्म १ करोड १५ लाख ८ हजार ७ सय रुपैयाँ बराबरको अवैध प्याज नियन्त्रणमा लिएको हो ।
विभिन्न मितिमा नियन्त्रणमा लिइएको प्याज राजश्व कार्यालय पथलैया बारामा बुझाइएको प्रवक्ता दधिराम न्यौपानेले बताए ।

Leave a Reply