काठमाडौँ । प्रदेशको नामकरण पछि कोशी नामको पक्षमा मतदान गर्ने प्रदेश सांसदहरूलाई रोक लगाउने बताउँदै आएका जातीय संस्थाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश सभा सदस्यहरूलाई मोरङको मिक्लाजुंगमा भने स्वागत गरेका छन् ।
पहिचानको आधारमा प्रदेशको नाम राख्नु पर्ने माग सहित आन्दोलन गरिरहेको जातीय संस्थामध्ये किराँत राई यायोख्खाले प्रधानमन्त्री दाहाल र माओवादीका प्रदेश सभा सदस्यहरूलाई मिक्लाजुङ्गमा भएको आम सभामा भने स्वागत गरेको छ । प्रधानमन्त्री सहभागी कार्यक्रममा कोशी प्रदेशका प्रदेश सभा सदस्य र मन्त्री समेत सहभागी थिए ।
कार्यक्रममा माओवादीबाट बन पर्यटन तथा उद्योग मन्त्री भएका गणेश उप्रेती सुशील सहभागी थिए । यस्तै, माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो, कोशी प्रदेशका पूर्व मन्त्री जीवन आचार्य र प्रदेश सभा सदस्य गिता तिम्सिना समेत आम सभामा सहभागी सहभागी थिए ।
प्रदेशको नाम कोशी राख्न उनीहरूले समेत पक्षमा मतदान गरेका थिए । यस अघि आङ्वोलाई प्रदेशको नाम कोशी राखेको भन्दै आक्रमणको प्रयास समेत भएको थियो ।

पहिचानका आधारमा प्रदेशको नाम राख्नु पर्छ भनेर आन्दोलन गरिरहेका जातीय सस्थाहरुलाई उनीहरूको आन्दोलन एमाले लक्षित भएको आरोप लाग्दै आएको थियो । सो आरोपलाई पुष्टि गर्दै किराँत राई यायोख्खाको ब्यानरमा प्रदेश सभा सदस्य सहभागी भएको आमसभामा सास्कृतीक झाँकी र साकेला सिली समेत नाचिएको थियो ।
यस अघि बिहीबार विज्ञप्ति निकाल्दै कोशी नामको पक्षमा मतदान गर्ने ८२ जना प्रदेश सांसदलाई कार्यक्रममा सहभागी नगराउनु आग्रह गरेका थिए ।

प्रदेश नम्बर १ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समिति मोरङका अध्यक्ष रामभक्त कुरुङ्वाङ्ग र जयराज संयोग लिम्बुले विज्ञप्ति निकाल्दै कोशी नामको पक्षमा मतदान गर्ने प्रदेश सभा सदस्य कार्यक्रममा सहभागी भए कालो झन्डा सहित विरोधका कार्यक्रम आयोजना गर्ने बताएका थिए । प्रदेश नम्बर १ पुन नामकरण संयुक्त सङ्घर्ष समितिमा किराँत राई यायोख्खा समेत सहभागी छ ।

विज्ञप्तिमा ८२ जना प्रदेश सभा सदस्य नआए प्रचण्डलाई स्वागत गर्ने उल्लेख छ । विज्ञप्तिमा ८२ जना प्रदेश सभा सदस्य कार्यक्रममा सहभानि नहुने आग्रह गरे पनि कार्यक्रममा प्रदेश सभा सदस्यहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रममा माओवादीका प्रदेश सभा सदस्य उपस्थित भए पनि विरोधका कुनै कार्यक्रम नभएको मोरङ प्रहरीले जनाएको छ ।



Leave a Reply