बर्दिया कारागारका एकजना कैदीको मृत्यु

रूपन्देही । बर्दिया कारागारका एकजना कैदीको मृत्यु भएको छ ।

ती बन्दीको उपचार गर्न भेरी अस्पताल नेपालगन्ज लैजाँदा बाटोमा मृत्यु भएको हो । दम र प्रेसर भएका मधुवन नगरपालिका–२ का ७४ वर्षीय चिन्तानी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डिएसपी तुलसीराम अर्यालले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *