पाल्पामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु

रूपन्देही । पाल्पामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ का ३० वर्षीय विष्णु ढकाल रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते रहेका दाङको घोराही उपमहानगरपालिका–१२ का ३२ वर्षीय यमराज पुन र रोल्पाको त्रिवेणी गाउँपालिका–५ का हिमाल घर्तीको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ ।

चार जना सवार रा १ ख २४०४ नम्बरको टिपर रिब्दीकोट गाउँपालिका–२ लघुवाको सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा सकुशल रहेका टिपरका चालकलाई भन प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *