मन्त्री किराँतीको अभिव्यक्तिप्रति विश्व हिन्दू महासंघको भर्त्सना, बर्खास्त गरी कारबाही गर्न माग

काठमाडौं । संस्कृति मन्त्री सुदन किराँतीले एक कार्यक्रममा दिएको सार्वजनिक अभिव्यक्तिप्रति विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिले भत्सर्ना गरेको छ ।

महासंघले बिहीबार विज्ञप्ति निकाल्दै मन्त्री किराँतीले राष्ट्रियता र मौलिक संस्कृतिको मूलधार बोकेका वैदिक, हिन्दू, बौद्ध, जैन, शिख, नागा र प्रकृतिपूजक लगायतका धार्मिक समाजलाई अपमानित गर्ने अभिव्यक्तिको घोर भत्सर्ना भएको जनाएको छ ।

महासंघका निमित्त सभापति अरुणकुमार पाण्डेले हस्ताक्षर गरेको विज्ञप्तिमा सामाजिक धार्मिक सद्भाव खल्बल्याउने कुनियतले षड्यन्त्रपूर्वक आएको भन्दै मन्त्री पदबाट बर्खास्त गरी कानूनबमोजिम कारबाही गर्न माग गरिएको छ ।

‘मन्त्री किराँतीको अभिव्यक्ति धार्मिक समाजमा द्वन्द्व ल्याउने र सामाजिक धार्मिक सद्भाव खल्बल्याउने कुनियतले षड्यन्त्रपूर्वक आएको हुँदा मन्त्री पदबाट बर्खास्त गरि प्रचलित कानून बमोजिम कार्बाही गर्न माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

राजीनामाको माग गर्दै पोखरामा मन्त्री सुदन किराँतीको पुत्ला दहन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीले राजीनामाको माग गर्दै पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पुत्ला दहन गरेको छ ।

प्रजातान्त्रिक युवा संगठन कास्कीले बिहिवार पोखरा पृथ्वीचोकमा राँको सहित मन्त्री किराँतीको पुत्ला दहन गरेको हो । धार्मिक सद्भावमा खलल पुग्नेगरी अभिव्यक्ति दिएकाले उनलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो ।

बुधबार एक सार्वजनिक कार्यक्रममा मन्त्री किराँतीले क्रिश्चियन धर्मलाई स्वीकार नगर्ने सबै देशद्रोही भएको आरोप लगाउँदै क्रिश्चियन धर्म नस्वीकार्नेहरुलाई जेलमा राख्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर अहिले मन्त्री किराँतीको विरोध भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *