काठमाडौंमा आज यस वर्षकै कम तापक्रम, चिसो अझ बढ्ने

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौंमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।

बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो भने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलब ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् रोजन लामिछानेले बताए । उनले भने, ‘काठमाडौंमा आज सबैभन्दा कम तापक्रम मापन भएको छ, यो अहिलेसम्मकै कम तापक्रम हो र यो अझै घट्ने सम्भावना छ ।’

काठमाडौं उपत्यकाको आज बिहान ५:४५ बजे ४ दशमलब ८ डिग्री सेल्सियस मापन गरिएको न्यूनतम तापक्रम ८:४५ बजे घटेर ४ दशमलव ५ डिग्री सेल्सियस कायम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *