काठमाडौं । परराष्ट्र मन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजाने बारेमा छलफल भएको छ ।
बिहीबार काठमाडौंमा भएको दुई मन्त्रीबीचको छलफलमा क्षेत्रीय संगठनहरु सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजाने बारेमा छलफल भएको परराष्ट्र मन्त्री साउदले बताए ।
उनले छलफलमा दुई पक्षीय सम्बन्धहरूको पुनरावलोकन, व्यापार, लगानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेशनका बारेमा छलफल भएको बताए ।
उनले संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय फोरमहरूमा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी भएको पनि बताए ।
पत्रकार सम्मेलनमा बोल्दै श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्रीले शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन लगायतका क्षेत्रमा नेपाल र श्रीलंकाबीच सहकार्य गरेर जाने बारेमा छलफल भएको बताए ।
उनले सार्क र बीमस्टेक लगायतका क्षेत्रीय कार्यक्रमहरूमा विशेष जोड दिई अघि बढ्ने बारेमा पनि छलफल भएको बताए ।
पर्यटन प्रवर्द्धनका लागि नेपाल र श्रीलंकाबीच थप सहकार्य गर्ने बारेमा पनि छलफल भएको बताए । दुई देशबीचको सम्बन्ध बिस्तारका बारेमा पनि छलफल भएको उनको भनाइ छ ।

Leave a Reply