काठमाडौं । नेकपा एकीकृत समाजवादीले जिल्ला र नगर अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले तत्काललाई अधिवेशन स्थगित गर्ने निर्णय गरेको सचिव जीवनराम श्रेष्ठले बताए ।
उनले माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकले अधिवेशनको मिति तोक्ने उनले बताए। बैठकमा पार्टीको विधान संशोधन कार्यसमितिले पेश गरेको विधान संशोधन प्रस्तावमाथि छलफल जारी रहेको उनले बताए ।
उनले भने, अर्को बैठक शनिबार बस्छ। विधान संशोधन प्रस्तावमाथि छलफल हुन्छ।
आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका क्रममा विधान संशोधनका लागि पार्टीका संगठन बिभाग प्रमुख वेदुराम भुसाल संयोजकत्वको समितिले सोमबार सचिवालय बैठकमा संशोधन प्रस्ताव पेश गरेको थियो ।
एसमा आगामी महाधिवेशनमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाललाई नेतृत्वमा जानको लागि मैदान खाली राख्नको लागि उमेद हदको नयाँ प्रस्ताव पेश भएको छ। साथै नेताहरुको जिम्मेवारीको बिषयमा पनि छलफल भएको बताइन्छ।

Leave a Reply