कैलाली । प्रा.डा गोविन्द केसी अस्पताल भर्ना भएका छन् । तीन दिने अनशन टुङ्गाए लगत्तै उनी अस्पताल भर्ना भएको डा. केसीका सहयोगी डा. अमृत जोशीले जानकारी दिए ।
डा. केसीको अहिले धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले बताए । विभिन्न मागहरू सहित केसी शुक्रवार देखी धनगढीको लक्ष्मीनारायण मन्दिरमा अनशन बसेका थिए । सोमबार उनले ७२ घण्टे अनशन तोडेका थिए । त्यसपछि स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
स्वास्थ्य अवस्था सामान्य हुन थालेको भए पनि केही साता अघि मात्र शल्यक्रिया गरिएको भएर केही दिन सेतीमै राखेर निगरानी गरिने डा. केसीका सहयोगी डा. जोशीले बताए ।

Leave a Reply