एनलसेल खरिदविक्री प्रक्रियाको छानविन गर्न गठिन समिति भंग गरौँ: एमाले सांसद पन्त (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले एनलसेल खरिदविक्री प्रक्रियाको छानविन गर्न गठिन समिति भंग गर्न माग गरेका छन् ।

मंगलवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले एनसेलले अहिले ब्रिकी गरेको मूल्यमा नेपाल सरकारलाई बेच्छ कि बेच्दैन भनेर प्रश्न गरे ।

उनले भने,‘प्रधानमन्त्री ज्यूले पढ्न पाउनुभयो कि भनेर हिजोको कान्तिपुरको समाचार पढ्नका लागि अनुरोध गर्दछु । नेपाल सरकारको स्वामित्वमा आउने सम्भावना देख्दैन । मुल कुरा के हो भने नेपाल सरकारको स्वामित्वमा २०८६ मा आउनुपर्नेमा यो भन्दा अघि नै सेयर किनवेच भए पनि आउदैँन । नेपाल सरकारले जुन मुल्यमा अहिले विक्री गरेको छ त्यसै मुल्यमा नेपाल सरकारलाई बेच्छस कि बेच्दैन भनेर सोध्नुपर्छ । अब सम्भावना कम छ । एनसेललाई रोक्नु सक्नुहुन्छ कि सक्नुहुदैन ? यो समितिले मात्रै गर्न पाउँदैन ।

उनले अहिलेको छानविन समिति भंग गरेर निष्पक्ष छानविन समिति गठन गर्न माग गरे ।

‘दुरसञ्चार प्राधिरकरणले स्वीकृति दिएको हुनाले उसले त्यसलाई रोक्नुपर्छ । सरकारले उसले बेचेको रकममा किन्न सक्छ कि सक्दैन । जसले किने पनि सुरुको सम्झौता अनुसार २०८६ सालमा नेपाल सरकारको मातहतमा आउने कानूनी आधार र तयारी छ कि छैन ?,’उनले भने,‘अहिलेको खरिलविक्रीले २०८६ मा नेपाल सरकारको स्वामित्वमा आउँछ कि आउँदैन । महालेखापरीक्षक हुदा टंकमणी शर्माले नै एनसेललाई छुट दिएको भन्ने आएको छ । यो छानविन समिति भंग गरेर निष्पक्ष छानविन समिति गठन गरौँ । छानविन समिति गठन गर्नु ठुलो कुरा होइन, त्यो समिति कत्तिको निष्पक्ष छ भन्ने कुरा मुख्य हो । गलत मान्छेले छानविन गर्ने प्रतिवेदन गलत नै आउँछ ।

Comments

One response to “एनलसेल खरिदविक्री प्रक्रियाको छानविन गर्न गठिन समिति भंग गरौँ: एमाले सांसद पन्त (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    के हो ? पन्त ज्यूलाई एनसेलले चढाए छ कि क्या हो ? हुन त प्रचण्ड सरकारले गठन गरेको छानबिन समिति आफ्नै करतूत लुकाउन मात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *