रूपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा धर्मका नाममा अराजकता मच्चाउने काम भएको जनाएका छन् ।
मंगलबार बुटवलमा रिपोटर्स क्लबले गरेको कार्यक्रममा उनले दक्षिणी हावाबाट देशमा धर्मको नाममा अराजकता मच्चाउने काम भएको आरोप लगाए ।
पूर्व उपप्रधामन्त्री रहेका नेता केसीले हिन्दू धर्मको वकालत गरिनु राजतन्त्रको वकालत गरेको ठहर्ने बताउँदै लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुनै नसक्ने जनाए ।
उनले भने- हिन्दू राज्यको कुरा राजतन्त्रको वकालत हो । यो संभव छैन, दक्षिणी हावा हो, जहाँ त्यो असफल भएको छ । धर्मको नाममा नेपाली जनताको बुद्वि भुट्ने काम भछ, धर्मको नाममा । हिन्दू, बुद्व र कृश्चियनले खेती गरेको । धर्म मान्न पाइन्छ, त्यो अधिकार छ तर धर्मको नाममा खेल खेल्न पाइन्न ।
राज्यले कुनै धर्मको वकालत गर्न नपाइने भएपनि धर्मका नाममा अहिले देशमा अस्थिरता ल्याउने प्रयास भइरहको उनको भनाई छ ।
उनले भने- लोकतन्त्र र गणतन्त्रको विरूद्व किन आवाज उठ्यो, लोकतन्त्र ल्याउनेले गतिलो नगरेका हुन्,यसैबाट समाजवादी व्यवस्था ल्याउन लड्ने हो, जसरी जानुपर्ने थियो नभएको हो तर त्सयसको विकल्प राजतन्त्र होइन ।’
दलहरुले लोकतन्त्रको सीमाभित्र रहेर काम गर्न नसकेको उल्लेख गर्दै लोकतन्त्र र गणतन्त्रको विरोधमा गरिने मोर्चाबन्दी हटाउने अभियानमा साथ दिने बताए ।
उनले भने, ‘राजनीति गर्न व्यक्ति र परिवारलाई प्राथमिकता दिइयो,त्यो गलत भयो, अब उन्नत व्यवस्थामा जान सकिन्छ तर पुरानोमा फर्कने अवस्था रहँदैन ।’
नेता केसीले गठबन्धन सत्तामा जान गरिन नहुने बताउँदै ५ दलीय गठबन्धनले ७२ को गठबन्धन जोगिएको दावी गरे ।
नले नेपालमा संघीयता घाँडो भइसकेको बताउँदै देशभरबाट यसको आवाज बलियो भएको जनाए ।

Leave a Reply