रेशमले प्रधानमन्त्री प्रचण्डलाई भेटेर दिए महाधिवेशनको निम्तो

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै महाधिवेशनको निम्तो दिएका छन् । पुस २६ देखि २८ सम्म आयोजना हुन लागेको नाउपाको प्रथम महाधिवेशनको लागि प्रधानमन्त्री प्रचण्डलाई निम्तो दिइएको संरक्षक चौधरीले जानकारी दिए ।

‘पुस २६ गते प्रधानमन्त्रीलाई निम्तो गरियो । उहाँ आउँछु भन्नु भएको छ’, उनले भने, ‘अब ओलीजी, शेरबहादुर जी, माधवजी, सिके रावत जी, उपेन्द्र यादव जी महन्त ठाकुर जी सबैलाई हामी निम्तो दिन्छौँ ।’

पहिलो महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्ने जनाएको छ । नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् ।

यस अघि पनि संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष समेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल गरेका थिए ।

राष्ट्रियसभा अध्यक्षसहित २० पदका लागि माघ ११ गते निर्वाचन हुँदै छ। सत्ता गठबन्धनमा रहेको पार्टी नाउपाले १ सिट पाउने सहमति भएको संरक्षक चौधरीले बताए । आगामी १० गते सचिवालय बैठक मार्फत उम्मेदवार छनोट गरिने उनले बताए ।

 

Comments

One response to “रेशमले प्रधानमन्त्री प्रचण्डलाई भेटेर दिए महाधिवेशनको निम्तो”

  1. ksp pyl Avatar
    ksp pyl

    प्रमुख अतिथि बनाएर अभिनन्दन गर्नुपर्छ किनकी वहाँकै कृपाले निम्तो दिने तहमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *