काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पेश भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा आज सुरू भएको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेस भएको सचिव जीवनराम श्रेष्ठले बताए ।
यसअघि उपाध्यक्ष डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई विधानको संशोधित मस्यौदा तयार गर्न जिम्मेवारी दिइएको थियो ।
बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरेको छ । आज पेश भएका प्रस्तावहरुको बारेमा भोलिको बैठकमा छलफल गरेपछि निष्कर्षमा पुग्ने सचिव श्रेष्ठले बताए ।

Leave a Reply