राप्रपा बैठक: समूहगत छलफलको प्रतिवेदन पूर्ण बैठकमा पेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठकमा समूहगत छलफल सकिएको छ । बैठकमा प्रस्तुत भएका समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी रणनीति, आन्दोलनसम्बन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदनमाथि समूहगत छलफल सकिएको हो ।

समूहगत छलफलको प्रतिवेदन पूर्ण बैठकमा पेश भएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

समूहगत छलफलमा कोशीमा वरिष्ठ उपाध्य रोशन कार्की, मधेश प्रदेशमा वरिष्ठ उपाध्य बुद्धिमान तामाङ, बागमती प्रदेशमा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष हेमजङ्ग गुरुङ, लुम्बिनी प्रदेशमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, कर्णाली प्रदेशमा उपाध्यक्ष मुकुन्दश्याम गिरी तथा सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष उद्धव पौडेलले संयोजन गरेका थिए ।

समूहगत प्रतिवेदन बुझाएपछि आजको बैठक सकिएको छ । भोलि बैठकमा पेश भएका प्रतिवेदन पारित गर्नुका साथै विभिन्न निर्णय गर्दै बैठक सकिने प्रवक्ता श्रेष्ठले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *