काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएको छ । पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक अहिले बसिरहेको हो ।
भोलिसम्म चल्ने बैठकमा बैठकमा विधान संशोधनसम्बन्धी छलफल हुने पार्टी सचिव एवं केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले बताए । उपाध्यक्ष डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला तीनजना नेताले विधानको संशोधित मस्यौदा बैठकमा प्रस्तुत गर्दैछन् ।
त्यस्तै बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा हुँदैछ । सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा पनि छलफल गर्ने जनाइएको छ ।

Leave a Reply