काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नातिनीको भड्किलो विवाह गराएको विषयमा चौतर्फी आलोचना भएपछि माओवादीका एक नेता बचाउमा उत्रिएका छन् ।
माओवादी केन्द्रीय सदस्य हिमाल शर्माले बाहिर चर्चा भएजस्तो भड्किलो विवाह नभएको दाबी गरेका हुन् ।
‘सबैलाई सोचे भन्दा सामान्य नै लागेको छ ! उहाँहरूको कुनै नेगेटिभ कमेन्ट भेटिएन ! तर जो त्यहाँ पुग्नुभएन फोटोमा त्यै एउटा फोटो सुटको लागि फूलले सजाइएको सानो सुन्दर मञ्च मात्र देख्नु भयो ! त्यसैलाई आधार मानेर अरू त के के न भए होला भन्ने ठानेर कमेन्ट गर्नु भएको होला जस्तो लाग्छ !’ शर्माले लेखेका छन् ।
बिहेमा उधुम तडकभडक आफूले केही नपाएको भन्दै उनले योभन्दा तामझामका अन्य विवाह सोही होटलमा भएको पनि बताएका छन् ।
‘यो विवाह समारोह सामान्य पिकनिक गर्ने चौर जस्तैमा आयोजना भएको थियो ! भीआईपीहरुको लागि छुट्टै स्पेसल भन्ने पनि केहि थिएन ! बेकारमा कसैले टाउको नदुखाउनु होला !’ शर्माले लेखेका छन् ।

Leave a Reply