विराटनगर । मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताल लगायतका सरकारी कार्यालयहरूमा कार्यविधि बनाएर दोभासे राख्ने बताएका छन् ।
राष्ट्रिय बहिरा महासंघ नेपाल, कोशीले मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएपछि उनले उक्त प्रतिबद्धता जनाएका हुन् ।
प्रदेश सरकार मातहतका अस्पतालहरूमा राखेका दोभासेलाई जिल्ला बहिरा संघ मातहत राखेर परिचालन गर्न माग गरेपछि मुख्यमन्त्री कार्कीले कार्यविधि बनाएर प्रदेश मातहतका सरकारी कार्यालयलगायत प्रत्येक सार्वजनिक कार्यक्रममा दोभासे राख्ने व्यवस्था गर्ने बताए ।
मुख्यमन्त्री कार्कीले दोभासेहरूको पेशागत सीप विकासका लागि सरकाले काम गर्ने उल्लेख गर्दै नीति नियम बनाउँदा महासंघलाई सहभागिता गराउने कुरामा सरकार प्रतिबद्ध रहेको बताए ।

Leave a Reply