काठमाडौं । सरकारले सोमबार एक दिने शोक मनाउने भएको छ । कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको निधनमा नेपाल सरकारले शोक मनाउने निर्णय भएको गृह मन्त्रालयले एक सूचना जारी गर्दै जानकारी गराएको हो ।
आइतबार गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता नारायण भट्टराईले एक सूचना जारी गर्दै मन्त्रिपरिषद्को निर्णयमा कुवेतका अमिरको सम्मानमा सोमबार शोक मनाइने जानकारी गराएका छन् ।
उनका अनुसार अनुसार सोमबार नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ । अमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।

Leave a Reply