रुपन्देही । बर्दियामा आइतबार दिउँसो चितुवाको आक्रमणमा परेर प्रहरी, वन सुरक्षाकर्मी र स्थानीयसहित ८ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार गुलरिया नगरपालिका वडा नं ११ गोरखचौराहा र बढैयाताल गाउँपालिका–९ टेशनपुरमा चितुवाको आक्रमणमा सहायक प्रहरी हवल्दार, वन सुरक्षाकर्मीसहित ८ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी तुलसीराम अर्यालले आइतबार दिउँसो चितुवाले आक्रमण गर्दा ८ जना घाइते भएको जानकारी दिए ।
बढैयाताल–९ का मोहनलाल थारु खेतमा तोरी काटिरहेको अवस्थामा चितुवाले आक्रमण गरी घाइते बनाएपछि स्थानीयले लखेटेका थिए । त्यसपछि चितुवाले गुलरिया–११ फरमान हजामको घर पसेर आक्रमण गरी घाइते बनाएको छ । चितुवा नियन्त्रणमा लिन नसकेपछि स्थानीय आक्रोशित भएका छन् । घाइतेको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।

Leave a Reply