कैलाली । बाजुरामा ट्र्याक्टर दुर्घटनामा परि मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दुर्घटनामा परि जिल्लाको बडिमालिका २ बस्ने ३८ देवराज जैसी, बडिमालिका २ बस्नै ३३ करिस्मा रोकाया बडिमालिका १ बस्ने ३५ चन्द्र धामी र गौमुल ६ बस्ने करिब ३०/३२ वर्षका चालक हिक्मत रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
आइतबार साँझ ५ बजेतिर मार्तडीबाट घटमुना तर्फ जाँदै गरेका सुपप्रप ०१००२ त ४१०५ र लु ४ त ७३०५ नम्बरको ट्याक्टर बडिमालिका नगरपालिका २ को भौनेरा नजिकै दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिए ।
ओभरटेक गर्दा ठोक्किएर दुर्घटना भएको र चारै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

Leave a Reply