बलात्कार मुद्दामा जेल परेका व्यक्तिलाई छुटाई दिने भन्दै आफन्तसँग ५ लाख रुपैयाँ ठगी

काठमाडौं। बलात्कार मुद्दामा थुनामा परेका व्यक्किलाई छुटाई दिने भन्दै आफन्तलाई ५ लाख रुपैयाँ ठगेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोकको हेलम्बुका ३७ वर्षीय दावा दोर्जे लामालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार दावाले केन्द्रीय कारागारमा रहेका एक थुनुवाका आफन्तसँग वकिल र अदालतलाई मिलाउन भन्दै ५ लाख रुपैयाँ मागेका थिए। तर थुनुवा नछुटेपछि उनका आफन्त प्रहरीकहाँ पुगेका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *