काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि दलहरुले आज चुनाव चिह्न पाउने भएका छन् ।
शुक्रवार चुनावमा भाग लिन १२ दलले निवेदन दिएका थिए । दर्ता भएका सबै दललाई निर्वाचन आयोगले चुनाव चिह्न दिने भको हो ।
दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ ।
फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

Leave a Reply