गणतन्त्रको आन्दोलन सुरु गर्दा मलाई बहुला भनियो : प्रधानमन्त्री प्रचण्ड

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रको आन्दोलनको सुरुवात गर्दा आफूलाई बहुला समेत भनिएको बताएका छन् । शनिबार हेटौँडामा मानवसेवा आश्रमको केन्द्रीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले राम्रो काम गर्न खोज्दा कहिलेकाँही समाजबाट अनेक खालको भाष्य सुन्नुपर्ने बताए ।

उनले भने ‘गणतन्त्र प्राप्तीको आन्दोलन थोरै मान्छेबाट सुरु गर्दा कतिपयले मलाई बहुला पनि भने, तर हामी अहिले यहि गणतन्त्रमा उभिएर बोल्न पाएका छौँ, हामी सार्वभौम नेपाली भएका छौँ, यो भन्दा ठुलो कुरा के हुन्छ ?’ हामी बहुलाएका त थिएनौ नि , हाम्रो उदेश्यको वर्ष दिन पुग्दा नपुग्दै नतिजा त ल्यायो नि, अनि पो गणतन्त्र आएको हो ।’

भवन उद्घाटन पछि भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले मानवताको सेवा भन्दा ठुलो धर्म अरु कुनै नरहेको बताए । मानवसेवा आश्रमले गरेको काम नेपालको मात्र नभएर विश्व जगतमानै उदाहरणीय कार्य भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आश्रमलाई केन्द्र, प्रदेश र स्थानीय सरकारबाट भरपुर सहयोग रहने प्रतिपद्धता व्यक्त गरे ।

नेपालको संविधानमानै गाँस, बास, कपास, शिक्षा स्वास्थ्य, रोजगारी जस्ता अधिकारबाट कोहि पनि बञ्चित हुन नहुने प्रावधान रहेको भन्दै उनले मानवसेवा आश्रमले संविधानको ब्यवस्थालाई ब्यवहारिक रुपमा कार्यन्वयन गरेको बताए ।

हेटौँडाबाट सुरु भएको मानवसेवा आश्रमले देशैभरी सेवा विस्तारको काम सुरु गरिसकेको सुन्दा गौरवको अनुभुति भएको भन्दै उनले मानव सेवाको सारथिहरुलाई सरकारबाट पूर्ण साथ रहने बताए । जसरी मानवसेवाको लागि यहाँका अभियान्ताहरु महिहत्ते गरेर लागिपर्नु भएको छ त्यसरीनै सरकारले पनि आगामी दिनहरुमा सहयोगको शिलशिलालाई थप बढाउँदै लग्ने छ, उनले भने । उनले भन्दीर या अन्य धर्मिक केन्द्रमा भेटी चढाउनु भन्दा मानवताको लागि आश्रमलाई सहयोग गर्न अनुरोध गरे ।

राम्रो काम गर्दा सुरु सुरुमा समाजका केहि मानिसहरुले असहयोग गर्ने गरेको उदहारण आफ्नो जीवनमा पनि रहेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले मानवसेवा आश्रमका सहयोगीहरुलाई अरुले के भन्छ भन्दा पनि राम्रो कामलाई सधै निरन्तरता दिन अनुरोध गरे ।

 

Comments

One response to “गणतन्त्रको आन्दोलन सुरु गर्दा मलाई बहुला भनियो : प्रधानमन्त्री प्रचण्ड”

  1. Nagendra Avatar
    Nagendra

    प्रचन्डपथमा हिंडेको ’माओवादी’ को औचित्य के !?
    =============================
    सहि कुरा के हो भने : मदन भण्डारीको बिचारप्रबाहमा नेपालमा आएको कम्युनिस्ट आन्दोलनको नयाँ उभारलाई खतम गर्न भारतले कम्युनिस्ट कम्युनिस्टको उर्बर भुमीमा कम्युनिस्टलाई मन पर्ने नाम राखेर खडा गरेको समुह हो ‘माओवादी’ जसको मुख्य उदेस्य नै एमालेलाई सक्नु हो !!
    => नेपाललाई सिक्किम बनाउन सबै भन्दा ठुलो अवरोध मदन भण्डारी थिए, एमाले भयो र अहिले ओली !! ‘फलामले फलाम काट्छ’ भन्ने बुझाईले भारतले ‘कम्युनिस्ट’ मास्न ‘कम्युनिस्ट’ नामको समुह बनायो (श्रिलंका मा लिट्टे बनाए जस्तै), त्येशकै माध्यम बाट पुरा गर्दै छ काम भारतले : दुक्खको कुरा त्यो कुत्सित मनसायको तिक्डम बुझन सकेनन र इमान्दार कम्युनिस्ट योद्दा पछी लागे, लडे र मरे … !!
    => एक पछी अर्को गर्दै त्यो षड्यन्त्र खुल्दै छ आज : बुझ्नेले बुझे, बुझ्लान अरुले पनि समयक्रममा : नजानिदो गरेर देश सकिदै छ, बचाउने जिम्मा कस्को !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *