काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशभरि नेता कुट्ने चलन चलिराखेको र यस्ताे अवस्था कसले बनाएकाे भनि प्रश्न गरेका छन् ।
युवा संगठन काभ्रेको जिल्ला अधिवेशनमा सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले देशभरि नेता कुट्ने चलन चलिराखेको बताएका हुन् ।
‘देशभरि नेता कुट्ने चलन चलिराखेको छ । यो राम्रो कुरा होइन । यस्तो कुराको राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध र आलोचना गर्छ । तर, नेता देख्यो कि कुटिहाल्ने अवस्था कसले बनायो ?’, उनले भने ।

Leave a Reply