प्रहरीको गोली लागेर मृत्यु भएका मुखियाका परिवार र गाउँले आन्दोलित, निजगढमा राजमार्ग अवरुद्ध

जनकपुरधाम । बाराको सिम्रोनगढमा प्रहरीको गोली लागेर मृत्यु भएका युवक लक्ष्मी मुखियाका आफ्न्त र स्थानीयले आन्दोलनलाई निरन्तरता दिएका छन् ।

मृतक मुखियाका परिवार र उनका गाउँलेले अहिले घटनाको विरोधमा निजगढमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् । राजमार्गमा टायर बालेर ठूलो संख्यामा मानिसहरु प्रहरी प्रशासन र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

मृतक परिवारलाई क्षतिपूर्ति , गोली चलाउनेलाई कारबाही तथा सिम्रोनगढका मेयर र मधेशका मुख्यमन्त्रीको राजीनामा माग्दै राजमार्ग अवरुद्ध पारेपछि सयौं सवारी साधन अलपत्र परेको छ । अप्रिय घटना हुन नदिन त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सिम्रोनगढका मेयर किशोरी साह कलवारले नयाँ प्रमुख प्रशासकिय अधिकृत महेश मिश्रलाई जर्वजस्ती हाजिर गराउन खोज्दा असन्तुष्ट पक्षसँग झडप भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर मुखिया घाइते भएका थिए । उनको उपचारको क्रममा केहि घण्टामै नारायणी अस्पताल वीरगञ्जमा मृत्यू भयो ।

मुखियाको शव अझै अस्पतालमै छन् । माग पुरा नभएसम्म शव नबुझ्ने पीडित परिवारको अडान छ । उनीहरु तीन दिनदेखि आन्दोलित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *