दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल रोग विशेषज्ञ नहुँदा सेवा ठप्प भएको छ । करिब ६ महिना बाल रोग विशेषज्ञ नहुँदा प्रतिष्ठानमा बालबालिकाको उपचारमा निकै समस्या परेको छ । प्रतिष्ठानका पदाधिकारी बाल रोग विशेषज्ञ ल्याउन कुनै पहल नगरेका कारण सो सेवा अबरुद्ध भएको छ ।
बाल रोग सम्बन्धि सबै सेवा ठप्प हुँदा बालबालिकाहरु सेवा पाउनबाट बन्चित हुनु राम्रो कुरा नभएको जिल्लाका नागरिक समाजका अगुवाहरु बताउँछन् ।
अहिले बच्चाको उपचारको लागि सन्चालनमा ल्याइएको एन आईसीयु, पीआईसीयु बन्द अवस्थामा रहेको उपचारका लागि प्रतिष्ठानमा आएका एक जना बिरामीका कुरुवाले गुनासो गरे ।
दैनिक ओपिडीमा ८० जना बढि बिरामी आउने गरेकोमा हाल २० जना मात्र हुने र मेडिकल अफिसरले हेर्नुपरेको छ । बालरोग चिकित्सकसहित छाला रोग विशेषज्ञसहित न्यूरो र कार्डियो विशेषज्ञ सेवा व्यवस्था नहुँदा नागरिकलाई सास्ती भएको छ । यता, प्रतिष्ठानका प्रबन्धक राजेन्द्र न्यौपानेले बाल रोग विशेषज्ञ ल्याउन पहल भइरहेको बताए ।

Leave a Reply