रुपन्देही । दाङमा टिप्परले ठक्कर दिँदा प्युठानका दुई जना युवाको मृत्यु भएको छ ।
शुक्रवार राती घोराही उपमहानगरपालिका वडा नम्वर १० स्थित झारबैरा चोकमा दुर्घटना हुँदा झिमरुक गाउँपालिका ४ बांगेमरोठ कोटका १७ वर्षीय विशाल जिसी र उनका भान्जा नौवहिनी गाउँपालिका ६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जनाएको छ ।
तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ क १३०७ नम्वरको टिप्परले बिपरीत दिशातर्फ जाँदै गरेको रा २ प ५५८९ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घाइते युवाहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको थियो । टिप्पर चालक रुन्टीगढी गाउँपालिका ९ रोल्पाका २६ वर्षिय ईश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Leave a Reply