मातृभाषा साहित्य श्रृंखलामा गौरी तमुको कार्यपत्र : गुरुङ स्रष्टालाई मातृभाषा लेख्न प्रोत्साहन गरौं

काठमाडौं । पोखराकी चनिएिकी सार्वजनिक बौद्धिक गौरीसरा गुरुङ (गौरी तमु)ले गरुङ स्रष्टालाई मातृभाषामा लेख्न तथा लेखनको श्रमको सम्मान गर्न आवश्यकता भएको बताएकी छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा साहित्य श्रृंखलाको पाँचौं अध्यायमा शुक्रबार आयोजित एक कार्यक्रममा ‘गुरुङ सहित्यमा पहिचान र प्रतिनिधित्व’ शीर्षक कार्यपत्र प्रस्तुत गर्दै तमुले यस्तो बताएकी हुन् ।

गुरुङ साहित्यको विकासमा विभिन्न आवस्यक कृतिहरु मातृभाषामा अनुवाद गर्ने, पुरस्कार सम्मान आदिको व्यवस्था गर्ने, देश विदेशमा आयोजना हुने कार्यक्रममा गुरुङ स्रष्टाहरुलाई पनि सहभागी गराउनुपर्ने बताएकी छन् ।

गुरुङ समुदायको मौखिक साहित्य पुरानो भएपनि लिखित साहित्य भने २०११ सालमा लमजुङ गिलुका बृखरास गुरुङ र भासु गुरुङले संकलन गरेको गुरुहरुको दाहसंस्कारमा गाइने सेर्गा क्वै पनि प्रथम कृति भएको उनले बताएकी छन् ।

गुरुङ साहित्यको पहिचानमा गुरुङ देखी गैर गुरुङ सबैको सहभागिता भएको भन्दै तमुले गुरुङको साहित्य श्रुति साहित्य, लिखित साहित्य र श्रव्य दृष्य साहित्य गरी तीन रुपमा आएको बताइन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमदालीको देवकोटा सभाकक्षमा भएको कार्यक्रममा तमुले प्रस्तुत गरेको कार्यपत्रमा विभिन्न श्रष्टाहरुले टिप्पणी गरेका थिए ।

टिप्पणीकार गुरुङ शुशान्तले प्रज्ञा प्रतिष्ठानको मातृभाषा विभागका प्रमुख राजन मुकारुङले अगुवाइ गरेर मातृभाषाका किताबहरुले सूचि निकाल्नुपर्ने आग्रह गरे ।

तमुको कार्यपत्रमा टिप्प्णी गर्दै उनले पहिचान साहित्य भन्नाले गुरुङले लेखेर, गुरुङको भाषामा लेखेर वा गुरुङ बारेमा अरुले लेखेर के गरेर हुने हो त्यो निर्क्यौल हुनुपर्ने तर्क गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *