काठमाडौं । नेकपा एमाले अहिले मध्यपहाडी लोकमार्गकेन्द्रित ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा छ । मध्यपहाडी लोकमार्गकेन्द्रितको बैतडीको झुलाघाटबाट सुरू भएको एमालेको अभियान पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिँदैछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेका सबै पार्टी पदाधिकारी अहिले अभियानमा छन् । यस अभियानमा प्रत्यक्ष र अप्रत्यक्षरूपमा २५ लाख जनता र कार्यकर्ता जोडिएको एमालेको दाबी छ ।
देशको अधिकांश भूभाग ओगटेको मध्यपहाडी यात्राका क्रममा त्यहाँको जनताको समस्या र सम्भावनालाई पहिल्याउने लक्ष्य राखेको छ। अहिले एमालेको टोली तेह्रथुमबाट अघि बढ्दैछ ।
अभियान अन्तिम चरणमा पुगिसकेको अवस्थामा अहिलेसम्मको मूल्यांकन, अभियानको क्रममा अहिलेसम्म आएको जनताको सुझाव, राजमार्गको समस्यालगायतको विषयमा केन्द्रित रहेर नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग गरिएको कुराकानी नेपाल टकमा :
– अहिलेसम्म करिब २ तिहाई दूरी पार भइसकेको मध्यपहाडी संकल्प यात्रालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्याङसम्मको यो अभियान निश्चित उद्देश्य राखेर गरिरहेका छौं । हामीले ब्यानरमै भनेका छौं- सन्देश राष्ट्रिय, सम्बन्ध स्थानीय । स्थानीय तहका समस्याहरूलाई राम्रोसँग बुझ्ने उद्देश्यले हामी यात्रामा हिँडेका छौं । हिजो एमालेका अध्यक्ष प्रधानमन्त्री भएको बेलामा प्रारम्भ भएका महत्वपूर्ण आयोजनाहरुको अहिलेको अवस्था बुझ्नको लागि पनि हो यो यात्रा । राजनीतिक अस्थिरताको कारण अहिले मास फ्रस्टेसन देखा परेको छ, त्यो बुझ्नको लागि पनि हामी महाकालीदेखि मेचीसम्म, बैतडीदेखि पाँचथरसम्म हिँडेका हौं ।
हिजो एमालेका अध्यक्ष प्रधानमन्त्री भएको बेलामा प्रारम्भ भएका महत्वपूर्ण आयोजनाहरुको अहिलेको अवस्था बुझ्नको लागि पनि यो संकल्प यात्रा हो ।
– यो एमालेका नेता कार्यकर्ताको पुनर्मिलनमात्र हो कि, जनताको पनि सहभागिता पाउनुभएको छ ?
हाम्रा जनसभामा अपेक्षाभन्दा अत्यन्तै उल्लेख्य जनताको सहभागिता पायौं । चिसोको पर्वाहसमेत नगरी जनता हाम्रो सभालाई कुरेर बस्नुभएको छ । र, हाम्रो पार्टी अध्यक्षले अरु आमसभाभन्दा पृथक ढंगले जनतालाई सम्बोधन गर्नुभएको छ । हामीले संगठित ढंगले हजारौं जनताको उपस्थितिमा त्यहाँको समस्या बुझेका छौं ।
– आलोचकहरूले त एमालेका नेताहरूले धुलो उडाउने र भाषण सुनाउने यात्रा भनेका छन् नि ? उनीहरूलाई के जवाफ दिनुहुन्छ ?
आलोचना गर्नेलाई हामीले केही भन्नु छैन । उनीहरूले आफ्नो कर्तव्य पूरा गरेका होलान् । हामी हाम्रो अभियानमा छौं । जनतासँगको सम्बन्ध र सम्पर्कलाई प्रगाढ बनाउन चाहन्छौं । कसले के भन्छ भन्ने कुरा महत्वको कुरा होइन । काम गर्न थालेपछि आलोचना गर्ने हुन्छन् । कतिले गलत मनसायले भन्छन्, कति एमालेको विरुद्धमा टुप्पी कसेर लाग्नेहरूले भन्छन् त्यसलाई हामी प्रवाह गर्दैनौं । जनताले के भन्छन्, के चाहन्छन् भन्ने मुख्य कुरा हो ।
स्कुलका केटाकेटीहरू पनि आएका छन् । तर, पर्वमा त उनीहरू आउँछन् नै । बच्चाहरु पनि केपी ओलीलाई भेट्न, एमाले भन्ने पार्टी के रहेछ बुझ्न खोज्छन् ।
– यसअघि मेची महाकाली अभियानमा मधेशवादीले अवरोध गरे, यसपटक कोशीमा पहिचानवादीले अवरोध गरे, एमाले किन पहिचानप्रति अनुदार बनेको भन्ने प्रश्न पनि छ नि ?
अनुदार किन नि ? जनताको बीचमा आफ्ना कुरा लिएर जाँदा एमाले अनुदार हुनुपर्ने ? संविधानले दिएको अधिकार कुनैपनि व्यक्ति, संस्थाले काम गर्नु अनुदार भएको मानिन्छ र ? अनि उदण्डताका साथ गलत हर्कत गर्नेहरू चाहिँ उदार हुन् ? त्यस्तो पनि बुझ्ने त्यो गलत कुरा हो ।
अहिले हामीलाई सरकारको आवश्यकता पनि छैन । अहिले हाम्रो शक्ति र एमालेलाई व्यवस्थित गर्दै मिसन ०८४ लाई टार्गेट गरेका छौं । एमाले एक्लैले बहुमत नल्याएसम्म यो अवस्थालाई बदल्न सकिँदैन भन्ने हाम्रो निष्कर्ष छ । त्यही निष्कर्षलाई कार्यान्वयन गर्ने ढंगले हामी अगाडि बढेका छौं ।
हाम्रो उद्देश्य शान्तिपूर्ण ढंगले, संविधानले दिएको अधिकार प्रयोग गरेर हामी पार्टीको कुरा जनताको बीचमा राख्छौं, जनताको कुरा सुन्छौं, अभियान चलाएका छौं, हिम्मत छ भने अरुले पनि गर्दा हुन्छ नि ! जुनसुकै पहिचानवादी भएपनि, पार्टी नै भएपनि गरे भइहाल्यो । जनताको बीचमा आफ्नो कुरा लैजानुस्, शान्तिपूर्ण र संविधानसम्मत ढंगले । त्यो त पाइन्छ नि ! ढुंगामुढा गर्ने, मान्छे काट्छु भन्ने, चिहान खन्छौं भन्ने चाहिँ लोकतान्त्रिक हुनसक्छन् ?
– मध्यपहाडी राजमार्गको भौगोलिक रेखांकन नै मिलेको छैन भनिँदैछ, तपाईहरूले यो यात्राका दौरानमा यो राजमार्गको के-के समस्या देख्नुभयो ?
एमालेको नेतृत्वको सरकार बनेको बेलामा हामीले काम अगाडि बढाएका थियौं । राजमार्गको विषयमा प्राविधिक पक्ष पनि देखेका छौं । नमिलेका कुराहरू सम्भव भएसम्म मिलाउनुपर्छ ।
– शहरी क्षेत्रमा नयाँ र स्वतन्त्रहरुले स्पेश खुम्च्याउँदै गरेका बेला तपाईहरुले पहाडमा आफ्नो आधार जोगाउन यो अभियान चलाउनुभएको त होइन ?
हामीले सोचेभन्दा जनताको समर्थन, साथ, माया र सद्भाव पाएका छौं । जुनसुकै ठाउँमा जाँदा पनि यो चिसोको बेलामा राति साढे १० बजेसम्म हाम्रो प्रतीक्षा गरेर स्वःस्फुर्त रूपमा मानिसहरू बसेका छन् । बुढाबुढी केटाकेटी सबैलाई एउटा पर्वजस्तो भएको छ यो संकल्प यात्रा ।
हामी आन्दोलनमा लामो समयदेखि संलग्न र सहभागी हुँदै भोग्दै बुझ्दै आयौं । स्कूलका केटाकेटीहरू पनि आएका छन्, अरुले भन्दैछन् बालबालिकालाई प्रयोग गर्यो भनेर । तर, पर्वमा त उनीहरू आउँछन् नै । बच्चाहरू पनि केपी ओलीलाई भेट्न, एमाले भन्ने पार्टी के रहेछ बुझ्न खोज्छन् ।
नीतिविहीन, विचारहीन, कार्यक्रमविहीन र एमालेलाई विरोध गर्ने र सिध्याउने अपराधिक योजनाको साथ गठन भएको सरकारबाट हामीले परिणाम खोज्न हुँदैन । यीनिहरूले जनताको काम गर्न सक्दैनन् ।
– यो अभियानको क्रममा अहिलेसम्म अध्यक्षको एकल शो भयो पनि भनिएको छ, किन अरु पदाधिकारीले कुनै पनि सभालाई सम्बोधन गरेको देखिएन नि ?
यो हामीले कुनै आमसभा गरेका होइनौं । हामी दिनमा अहिले दुई सय किलोमिटरसम्म हिँडिरहेका छौं । यस्तो बेलामा हामीले जाने त्यहाँको संगठित समस्या सुन्ने, त्यहाँका प्रतिनिधिसँग कुरा बुझ्ने काम गरिरहेका छौं । बोल्नको लागि पालो पुर्याउनुपर्ने विषय त यहाँ भएन नि !
– तर, अध्यक्षको सम्बोधनमा सरकारप्रति खनिएको देखिन्छ । यो अभियान सकिएपछि सरकार ढाल्ने खेलमा एमाले लाग्छ ?
यो गठबन्धनको सरकार त आफैं कुहिएको फर्सीजस्तो फतक्कै जान्छ । टिक्छ भन्ने लागेकै छैन । तर, हामी हाम्रो काम र मिसनमा छौं । एमालेलाई सुदृढ गर्ने अभियानमा छौं । विचार, संगठन, हाम्रो नेतृत्व सुदृढ बनाउँछौं । कार्यसम्पादन गर्ने शैलीलाई व्यवस्थित बनाउन लागेका छौं ।
अहिले जति पनि काण्डका कुराहरू आइरहेका छन्, भन्छन् नि जस्तो बीउ रोप्यो त्यस्तै फल फल्छ । यो गठबन्धन जस्तो पृष्ठभूमिमा उभिएको छ, जसको आधारमा यसको जन्म भयो, जे उद्देश्य राखेर आएको छ, त्यस्तै काम गर्ने हो । अहिले जे जति कुकर्महरू आएका छन् त्यो सबै गठबन्धन सरकारको परिणाम हो ।
नीतिविहीन, विचारहीन, कार्यक्रमविहीन र एमालेलाई विरोध गर्ने र सिध्याउने अपराधिक योजनाको साथ गठन भएको सरकारबाट हामीले परिणाम खोज्न हुँदैन । यीनिहरूले जनताको काम गर्न सक्दैनन् ।
– प्रचण्ड सरकार नीतिहीन भन्दै गर्दा एमालेले नयाँ सरकारको पहल किन गर्दैन त ?
अहिले हामीलाई सरकारको आवश्यकता पनि छैन । हामी अहिले हाम्रो शक्ति र एमालेलाई व्यवस्थित गर्ने मिसन ०८४ हामीले टार्गेट गरेका छौं । एमाले एक्लैले बहुमत नल्याएसम्म यो अवस्थालाई बदल्न सकिँदैन भन्ने हाम्रो निष्कर्ष छ । त्यही निष्कर्षलाई कार्यान्वयन गर्ने ढंगले हामी अगाडि बढेका छौं ।
हामीले हाम्रो उद्देश्य शान्तिपूर्ण ढंगले, संविधानले दिएको अधिकार प्रयोग गरेर हामी हाम्रो कुरा जनताको बीचमा राख्छौं । जनताको कुरा सुन्छौं । अभियान चलाएका छौं, हिम्मत छ भने अरुले पनि गर्दा हुन्छ नि । जुनसुकै पहिचानवादी भएपनि, पार्टी नै भएपनि गरे भइहाल्यो ।
– चुनाव भएको एक वर्षमै फेरि मिसन ०८४ भन्दै अभियान थाल्नुभयो । यो त चुनावदेखि चुनावसम्म मात्रै भएन ?
हामी शान्तिपूर्ण ढंगले प्रतिस्पर्धाको राजनीति गर्छौँ । अहिले राजनीतिक अस्थिरता जुन किसिमको छ । जहिलेसम्म एमालेको बहुमत आउँदैन । यो देशलाई अगाडि बढाउन सकिँदैन । एमालेको नीति, कार्यक्रम, योजना, अठोट र संकल्पको आधारमा हामीलाई बहुमत दिन आवश्यक छ । हामीले गरेको कामको आधारमा जनताका बीचमा छौं, आउने दिनका के काम गर्छौं त्यो कुरा राख्छौं । हामी प्रतिस्पर्धाबाट जनताको विश्वास प्राप्त गरेर मुलुकलाई सही दिशामा अगाडि बढाउन चाहन्छौं । त्यसैले मिसन ०८४ भनेको एउटा महत्वपूर्ण अवसर हो । त्यसैलाई टार्गेट गरेर गएका छौं ।
अहिले सत्तामा बसेकाहरूले गरेर देखाए हुन्छ नि एमाले त प्रतिपक्षमा छ । एमालेले के गरेर देखाउन पर्यो ? सरकारमा जाने नीति निर्माण गर्ने, योजना कार्यान्वयन गर्ने काम त सरकारमा गएरमात्रै सम्भव हुन्छ ।
– एमालेले महेन्द्र राजमार्ग र मध्यपहाडीपछि अब हुलाकी राजमार्गमा पनि यस्तै यात्रा गर्छ ?
पहिला तराई मधेशमा पनि अशान्ति भएको र जनतालाई विस्थापित गर्न अस्वस्थ खालको गतिविधि भइरहेको बेलामा यस्तै उद्देश्य राखेर गरेका थियौं । त्यसबेला कतिपय ठाउँमा अप्रिय स्थिति पनि आयो । यो यात्राको उद्देश्य र उपलब्धि यात्रा सकिएपछि एक साताभित्र नै व्यवस्थित ढंगले जानकारी गराउँछौं ।

Leave a Reply