वैशाख २१ मा दया र मिरुनाको ‘मनसरा’, यस्तो छ पोस्टर

काठमाडौं । दयाहाङ राई तथा मिरुना मगर अभिनीत ‘मनसरा’ले पोस्टर रिलिज गर्दै आफ्नो रिलिज मितिको घोषणा गरेको छ।

निर्माण कम्पनी कबड्डी फिल्मसले अभिनेत्री मिरुनाको एकल पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।

सिनेमा आगामी वर्षको वैशाख २१ गते रिलिज हुनेछ । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बा यसका निर्देशक हुन् । सिनेमामा मिरुना मनसरा पात्रको शीर्ष भूमिकामा देखिनेछिन् ।

सिनेमामा मिरुना र दयाका अलावा प्रवीण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ ।

निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

यस्तै, विष्णु कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ हुन् ।

सिनेमामा निमेश श्रेष्ठको समपादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहनेछ ।

त्यसै गरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रूपमा रहनेछन् ।

एपपल इन्टरटेन्मेन्ट कम्पनीले सिनेमाको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर बनेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *