कैलालीमा करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–१ भरतपुरकी अन्दाजी २३ वर्षीया कोपिला जोशीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

मोटरबाट पानी तान्दा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन्।

घाइते जोशीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *