ओलीको आरोप- कमिसनमा परेर एनसेल कौडीकाे मोलमा नामसारी गरेका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल काण्ड सरकार र राजनीतिक संलग्नता भएको आरोप लगाएका छन्।

तेह्रथुमको वसन्तपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड सरकार बनेपछि देशमा सुनदेखि एनसेलसम्मको काण्ड आएको बताए।

उनले भने, एनसेल काण्ड सरकारको र राजनीतिक संलग्नता छ। अब चार वर्षपछि एनसेल आफै नेपालको नाममा आउँदैछ। तर, सरकारले जालझेल गरेर अर्को कम्पनीमा कौडीको मोलमा नामसारी गरेर, कमसन तन्त्रको जालोमा पारेर देशलाई खर्बौँको नोक्सानी पुर्याइएको छ। सरकार बोल्न सकेको छैन। यस्तो अवस्थाबाट देशलाई कसरी मुक्त गराउँने भन्नेमा एमाले गम्भीर छ।

उनले पहिचानवादीलाई संकेत गर्दै संवैधानिक र संवादको बाटोबाट टुंग्याउनुपर्ने कुरालाई पार्टी र व्यक्तिलाई केन्द्रित गर्न खोजेकोप्रति असन्तुष्टि जनाए। शान्तिपूर्ण ढंगले आफ्नो विचार राखेर संवैधानिक बाटोबाट समाधान गर्न आग्रह गरे। गलत बाटोबाट कोहीपनि सही ठाउँमा नपुग्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *