काठमाडौं । कांग्रेस निकट नेपाल तरुण दलले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माण गर्ने भएको छ ।
संगठनका सदस्यहरूबाट संकलन भएको रकमबाट भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्ने निर्णय तरुण दलले गरेको हो ।
एक विज्ञप्ति जारी गर्दै दलले आफूहरू राजनीतिक कार्यमा मात्रै सीमित नरहेर विपद्का बेला मानव सेवाको कार्यक्रममा पनि अग्रसर रहेको जनाएको छ ।

Leave a Reply