दुई उपसचिव बढुवाका लागि सिफारिस

काठमाडौं । दुई उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

लोक सेवा आयोगका अध्यक्ष तथा अध्यक्षले तोकेको सदस्यको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले इन्जिनियरिङ सेवातर्फका दुई जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूह अन्तरगत जनरल उपसमूहतर्फ कार्यक्षमताको आधारमा उपसचिव भीमार्जुन पाण्डे र हाइवे उपसमूहतर्फ पनि कार्यक्षमताकै आधारमा उपसचिव कृष्णराज पन्थ सहसचिव बढुवाका लागि सिफारिस भएका हुन् ।

जनरल उपसमूहतर्फ एक जना सहसचिवका लागि चार जनाको आवेदन परेको थियो भने हाइवे उपसमूहतर्फ पाँच जनाको आवेदन परेको थियो ।

सहसचिव बढुवाका लागि सिफारिस भएकामाथि चित्त नबुझेमा अबको ३५ दिनभित्र बढुवा सिफारिस समितिमा उजुरी गर्न सकिने छ । यदि कोही कसैको उजुरी नपरेमा दुवै जनालाई सरकारले सहसचिवमा बढुवा गर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *