च्याम्पियन्स लिगबाट बाहिरिएको म्यान युनाइटेड युरोपा लिग पनि पुग्न सकेन

काठमाडौं। इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड जारी युरोपियन च्याम्पियन्स लिग फुटबलको पहिलो चरणबाटै बाहिरिएको छ।
समूहगत चरणको अन्तिम खेलमा मंगलबार राति जर्मन प्रतिद्धन्द्धी बायर्न म्युनिखसँग १-० गोलले पराजित भएर म्यान युनाइटेड अगाडि बढ्न सकेन।

घरेलु मैदानमा जित्नैपर्ने दबाबसहित उत्रिएको म्यान युनाइटेडले ७० औँ मिनेटमा किङ्सली कोम्यानको गोलमा हार ब्यहोरेको हो। इङ्लिस राष्ट्रिय टोलीका कप्तान हेरी केनको पासमा केनले गोल गरेका थिए।

६ खेलबाट चार अंक रहेको म्यान युनाइटेड ४ टोली सम्मिलित समूहको पुछारमा रह्यो। ६ खेलबाट १६ अंक भएको बायर्न म्युनिख र ६ खेलबाट ८ अंक भएको एफसी कोपेनहेगन नकआउट चरणमा पुगे।

टर्किस क्लब गलासतारे ५ अंकसहित तेस्रो भयो। अन्तिम खेलमा गलासतारेलाई हराएर कोपेनहेगनले अघिल्लो चरणको यात्रा तय गरेको हो। हारपछि म्यान युनाइटेडले यो सिजन युरोपा लिग समेत नखेल्ने भएको छ। समूहको तेस्रो स्थानमा रहने टोली युरोपा लिग खेल्ने प्रावधान छ।

म्यान युनाइटेडले समूहमा ६ खेल खेल्नेक्रममा एक जित, एक बराबरी र ४ हारको नतिजा निकाल्यो। उसले पछिल्ला तीन खेलमा दुई हार र एक बराबरीको नतिजा निकालेको थियो। यद्यपी जर्मन क्लबविरुद्ध जित हात पारेको अवस्थामा म्यान युनाइटेड अगाडि बढ्ने सम्भावना रहेको थियो। त्यसमा पनि उसले घरेलु मैदानमा कुनैपनि जर्मन क्लबविरुद्ध ११ खेलयता हार ब्यहोरेको थिएन।

यता बायर्नले च्याम्पियन्स लिगको समूहगत चरणमा अपराजित यात्रालाई ४० खेलमा पुर्‍याएको छ। आर्सनल र पीएसभी, रियल म्याड्रिड र नापोली तथा रियल सोसिडाड र इन्टर मिलान पनि आ-आफ्नो समूहबाट विजेता र उपविजेता बन्दै नकआउट चरण पुगेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *