महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

काठमाडौं । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाविर पुनकी छोरी झरना पुनलाई निशुल्क एमविविएस भर्नाको वातावरण मिलाइदिन चिकित्सा शिक्षा आयोगसँग आग्रह गरेको छ ।

केएमसीले शैक्षिक सत्र २०८० को आयोगको एकिकृत राष्ट्रिय परीक्षामा सामेल भई उत्तिर्ण गरेकी पुनलाई एमविविएस विषयमा व्यवस्थापन कोटामा अध्ययन गर्न अवसर प्रदान गरिदिन आग्रह गरेको हो ।

झरनाको मेरिट लिष्टमा ६ हजार ५१८ नम्बर छ । पुनले चिकित्सा शिक्षा आयोगको नीति नियमको परिधिले गर्दा नेपाल भरिका मेडिकल कलेजमा एमविविएस विषयमा भर्ना पाउन कठिन बनेको केएमसीले जनाएको छ ।

केएमसीले आयोगलाई पत्र लेख्दै आयोग समक्ष पुनको भर्ना विषयमा कलेज तथा कलेजको शेयर धनी विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले आग्रह गरेको हो ।

महाविर पुनको सम्मान गर्दै केएमसीका पूर्व अध्यक्ष तथा सांसद सुनिल शर्मा उनको छोरीलाई काठमाडौं मेडिकल कलेज वा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल मध्ये कुनै एक कलेजमा व्यवस्थापन कोटा अन्तर्गत छात्राबाससहित अध्ययनमा पूर्ण छात्रवृत्ति दिने निर्णय गरेको थियो । सोही अनुसार आयोगबाट भर्नाका लागि आवश्यक अनुकुलता प्रदान गरिदिन अनुरोध गरेको छ ।

केएमसीका प्रिन्सिपल प्राडा रतिन्द्रनाथ श्रेष्ठद्वारा लेखिएको पत्रमा भनिएको छ,‘महाविर पुन जसले व्यक्तिगत बृत्ति विकासको सहजतालाई त्यागेर विदेशबाट नेपाल फर्की देशकै लागि केही गर्छु र देशका यूवाहरुमा आधुनिक विज्ञानका आयामहरुको श्रृजनात्मक कार्यमा लगाउछु भन्ने अठोट लिई निस्वार्थ लागि पर्नु भएको छ । स्वदैश मै सम्भावनाको आशा विलाउँदै गरेको परिस्थितिमा दैनिक हजारौं यूवाहरु विदेशिदै गएको अवस्थामा स्वदेश मै बसी विज्ञानका समयसापेक्ष र स्वदेशी आविस्कारलाई जोड दिँदै जनजातीमूलका कर्मशिल उहाँको सम्मानमा काठमाडौं मेडिकल कलेज तथा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका पूर्व अध्यक्ष माननीय डा। सुनिल कुमार शर्माज्यूको सकृयता र विशेष आग्रहमा यस मेडिकल कलेज (नोवेल मेडिकल कलेजको सहयोग सहित) उहाँको छोरीलाई काठमाडौं मेडिकल कलेज वा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल मध्ये कुनै एक कलेजमा व्यवस्थापन कोटा अन्तर्गत छात्राबास सहित अध्ययनमा पूर्ण छात्रवृत्ती दिने निर्णय गरिएको जानकारी गराउदै तहाँबाट भर्नाका लागि आवश्यक अनुकुलता प्रदान गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *