साझा यातायातको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन खुला

काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन खुला गरेको छ ।

यातायातले आज एक सूचना जारी गर्दै रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आव्हान गरेको हो ।

जारी सूचना अनुसार प्रमुख कार्यकारी अधिकृतमा आवेदन दिने व्यक्तिको कम्तीमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी सार्वजनिक वा सङ्गठित संघ संस्थामा दशौँ तह वा सो सरहको श्रेणीको जिम्मेवारी लिइसकेको हुनुपर्ने छ ।

त्यस्तै, सहकारी वा सार्वजनिक प्रशासन वा यातायात व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको साझाले प्रकाशन गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

सूचना प्रकाशन मितिले ३५ दिनभित्र साझा यातायातको केन्द्रीय कार्यालय पुल्चोक, ललितपुरमा आवेदन दिन सकिने जनाइएको छ । कम्तीमा ३५ वर्ष उमेर पूरा भई ५८ वर्ष ननाघेको इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *