समाजवादी प्रेस सङ्गठनको सुदूरपश्चिम अध्यक्षमा सिंह

कैलाली । समाजवादी प्रेस सङ्गठनको सुदूरपश्चिम प्रदेश अध्यक्षमा हिक्मत बहादुर सिंह निर्वाचित भएका छन् ।

शनिवार धनगढीमा सम्पन्न प्रथम अधिवेशन मार्फत सिंह सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्ष तपेन्द्र कुवर, शर्मिला रोकाय, महासचिव डिलबहादुर सिंह, सचिव सन्तोष प्रसाद जैसी, कोषाध्यक्ष समीक्षा जोशी निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरू उमेश शाही, जनक थापा, निशा साउद, पवन बोहरा, सोहिता बोहरा, पुरुषोत्तम अवस्थी, कैलाश पनेरु, भरत साउद र राजेन्द्र विक निर्वाचित भएका हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, संगठनका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदी लगायतको उपस्थितिमा आज प्रथम अधिवेशन सम्पन्न भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *