पक्राउ पूर्जी जारी भएका प्रकाण्ड बालुवाटारमा

काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवासमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

भेटमा यसअघिको सरकारसँग भएको सहमति, अदालतबाट जारी पक्राउ पूर्जी लगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

अदालतले प्रकाण्डसहित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरुविरुद्ध पूर्जी जारी गरेको थियो ।

२०७६ साल असोज ९ गते दायर भएको मुद्दामा उनीहरुविद्ध पक्राउ पूर्जी जारी भएको हो ।

Comments

One response to “पक्राउ पूर्जी जारी भएका प्रकाण्ड बालुवाटारमा”

  1. ksp pyl Avatar
    ksp pyl

    गुण्डा र कैदीहरूको संरक्षक सरकार छ । यस्तो त उसको लागि सामान्य हो नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *