सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकामा आवास निर्माणका लागि खर काट्न जाँदा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।
भूकम्पले चर्काको घरमा बस्न डर भएपछि नयाँ आवास निर्माणका लागि खर काट्न जाँदा जाजरकोटको नलगाड नगरपालिका-१० रक्ताकी ३३ वर्षीया रमिता थापाको मृत्यु भएको हो ।
उनी जन एकता प्राथमिक विद्यालयको कार्यालय सहयोगी रहेको नगरप्रमुख डम्बर बहादुर रावतले नेपाल प्रेसलाई जानकारी दिए ।
नगरप्रमुख रावलका अनुसार उनका घरमा गाई भैँसी पनि पालेका छन् ।
नलगाडमा वर्षेनी गाई भैँसीका लागि खर काट्ने गरेको नगरप्रमुख रावतले बताए । खर काट्ने क्रममा धेरैले ज्यान गुमाउने गरेका पनि उनको भनाइ छ ।
मृत्यु थापाका १४ वर्षीया छोरी र ९ वर्षीया छोरा छन् ।
Leave a Reply