चुरे पुगेर मन्त्री साउदले भने- यहाँको विकासका लागी लाग्छु

कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउदे चुरे गाउँपालिकाको विकास लागी आफू कटिबद्ध भएर लाग्ने बताएका छन् ।

बसर युवा क्लब चुरेले आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय खुल्ला भलिबल चुरे कप २०८० को उद्घाटन गर्दै मन्त्री साउँदले विकासको दृष्टिकोणले पछि परेको चुरेमा अव विकासले गति पाउने विश्वास व्यक्त गरेका थिए ।

उनले नमुना कवर्ड हल सहितको खेल मैदान बनाउन पहल गर्ने समेत बताए । एउटा नमुना विद्यालय निर्माण गर्ने समेत मन्त्री साउदले आश्वासन दिएका थिए ।

प्रदेश सभा सदस्य प्रकाश बहादुर बमले आफूले निर्वाचनका बेलामा दिएका आश्वासन पुरा गर्न लागिपरेको दाबी गरेका थिए ।

मन्त्री साउँद र सांसद बमलाई क्लबले ४ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

चुरेको पर्यटन क्षेत्रको व्यवस्थापन, चुरे गाउँपालिका अन्तर्गत खेलकुद मैदान निर्माण, कृषि अनुदान तथा उचित बजार व्यवस्थापन र शैक्षिक कार्यक्रमको लागि सरकारसँग माग गरिएको बसर युवा क्लबका गणेश देउवाले बताए ।

क्लबले गाउँपालिकाका २ जना खेलाडीहरूलाई सम्मान गरेको छ ।

गाउँपालिकाबाट प्रतिनिधित्व गर्दै कबड्डी खेलमा क्षेत्रीय खेल खेलेका कृष्णा क्षेडाल र सोही गाउँपालिका कै ब्याड्मिन्टन क्षेत्रीय खेल खेलेका चक्र बिसीलाई सम्मान गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *