काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायली अधिकारीसँग टेलिफोन संवाद गरेका छन् । हराएका तथा बन्धक बनाइएकाहरुका संयोजक गल हिर्ससँग साउदको छलफल भएको हो ।
परराष्ट्र मन्त्रालयले छलफल भएको सार्वजनिक गरेको छ । हमासको बन्धक बनाइएका नेपाली नागरिक वीपीन जोशीको बारेमा छलफल भएको बताइएको छ । हमासको बन्धक बनाएका इजरायलीसहित विभिन्न देशका व्यक्तिहरु छुटिरहेका बेला नेपाली नागरिक जोशी भने अहिलेसम्म छुटेका छैनन् ।

Leave a Reply