युवा संघ गण्डकी प्रदेश इन्चार्जमा निर्जन

पोखरा । राष्ट्रिय युवा संघ नेपालको गण्डकी प्रदेश ईन्चार्जको जिम्मेवारी पर्वतका अर्जुन पौडेल ‘निर्जन’ ले पाएका छन् ।

पौडेलसँग यसअघि युवा संघको वडा पालिका जिल्ला अञ्चल प्रदेश हुँदै केन्द्रीय सदस्य बनेर एक कार्यकाल सहइन्चार्जको जिम्मेवारी सम्हालेको अनुभव छ । २०५४ अनेरास्ववियुको सदस्यताबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका उनी २०५८ मा अनेरास्ववियु जिल्ला कमिटी सदस्य, २०६४ मा युवा संघको वडा कमिटी अध्यक्ष, २०६७ मा जिल्ला कमिटी सदस्य, अञ्चल कोषाध्यक्ष, प्रदेश सचिवालय सदस्य हुँदै २ पटक केन्द्रीय सदस्य बनेका थिए ।

उनी नेपालगञ्ज महाधिवेशनबाट सचिवालय सदस्य निर्वाचित भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *