प्रचण्डको दाबी- नेपालको इतिहासमा माओवादीले जस्तो भ्रष्टाचारविरूद्धको अभियान अरूले चलाएका थिएनन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारका ठूला फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा पुर्याउने तयारी गरेको बताएका छन् । माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भ्रष्टाचार विरोधी र सुशासन प्रवद्र्धनको अभियान सरकार नरोकिने सुनाए ।

उनले भने, ‘सरकारले सुशासनको पक्ष र भ्रष्टाचारविरुद्ध अभियान थालनी गरेको छ । अहिले पनि अभियान रोकिएको छैन । भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारीमा छौँ ।’

नेपालको इतिहासमा आफू नेतृत्वको सरकारले जस्तो अरु कसैले अहिलेको जस्तो भ्रष्टाचारविरुद्धको अभियान कहिल्यै पनि नचलेको जिकिर गरे । पहिलो पटक माओवादीको नेतृत्वमा भ्रष्टाचारविरुद्धको आन्दोलन चलेसँगै सफलताको उचाइमा पुगेको उनको भनाइ छ ।

उनले मिटरब्याज र नागरिकता समस्या समाधान, विदेशमा रहेका र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सामाजिक न्यायको प्रक्रियालाई अगाडि बढाइएको बताए ।

 

Comments

2 responses to “प्रचण्डको दाबी- नेपालको इतिहासमा माओवादीले जस्तो भ्रष्टाचारविरूद्धको अभियान अरूले चलाएका थिएनन्”

  1. ksp pyl Avatar
    ksp pyl

    नेपालको ईतिहासमा माओवादीजस्तो चरम भ्रष्टाचारी कुनै पार्टी देखिएन ।

  2. bharat kumar Thapa Avatar

    मेरो प्रक्षेपण ठुला भ्रष्ट्रचारी महेन्द्र मल्ल भन्दा बाहेक सबै राजा अनि माओवादी कांग्रेस राप्रपा मधेशवादी नया च्याउ सरहका नया पार्टी र एमाले पनि केही केही जिम्मेवारी लिनुपर्छ ठुला गफ जनताको विरोधमा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *