काठमाडौं । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेका छन् ।
बिहीबार सिंहदरबारमा बसेको सुनुवाई समिति बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उनीहरुविरुद्ध १० वटा उजुरी परेको जानकारी दिए । बैठकले सफारिस भएका न्यायाधीशहरुको सुनुवाइका लागि यही मंसिर २७ गते उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ ।
त्यस्तै, बैठकमा सुनुवाइका लागि मंसिर २९, आगामी पुस १ र २ गते दुई/दुई जनाको गर्ने कार्यतालिका पारित गरेको समिति सभापति जवराले बताए । पोर्चुगलका लागि आवासीय राजदूतको पदमा नियुक्तिका लागि सिफारिस भएका शनिल नेपाललाई शुक्रबार संसदीय सुनुवाइका लागि बोलाउने निर्णय भएको उनले बताए ।
न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि यही मंसिर ५ गते छ जनाको नाम सिफारिस गरेको थियो ।

Leave a Reply