जातीय विभेदको आडमा हुने अपराधविरुद्ध न्याय प्रणाली सशक्त रूपमा उभियोस्: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रुकुम पश्चिम सोती गाउँमा सङ्गठित र योजनाबद्ध रूपमा भएको नवराज विकसहित ६ युवाको हत्याका सन्दर्भमा अदालतले गरेको फैसला ऐतिहासिक भएको बताएका छन्।

यो फैसलाले जातीय विभेद र छुवाछुतको आडमा हुने अपराधका विरुद्धमा न्याय प्रणाली सशक्त रूपमा उभिएको उनको भनाइ छ।

उनले फेसबुकमा लेखेका छन्, नेपालको न्यायिक इतिहासमा यो फैसलाले एउटा युगान्तकारी नजिर स्थापित गरेको छ। अदालतले जस्तै हाम्रो समाजले नवराजहरूलाई न्याय र सम्मान दिन तथा जातीय विभेद र छुवाछुतकै कारण अझै समाजमा विभेद भोग्नुपरेका धेरै युवाले नवराज विकको नियति भोग्नु नपर्ने परिस्थिति सिर्जना गर्न राज्यले ठोस कदम चाल्नुपर्छ।

नियम कानुन मात्र होइन नियत र व्यवहारमा पनि उत्तिकै बदलाव आवश्यक भएको उनले बताएका छन्।

उनले भनेका छन्, सबैले आ–आफ्नो ठाउँबाट सत्प्रयास गरौं– अरू नवराजहरूले सम्मानित जीवनसँगै न्याय पाउन सकुन। यो नै समुन्नत नेपालको महत्त्वपूर्ण आधार हुनेछ।

सो घटनामा मंगलबार न्यायाधीश खड्गबहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २४ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *