माओवादीको प्रष्टीकरण- एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको दाबी गरेका छन्।

रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनलेसरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानबिन कमिटीले दोषी देखिए कारबाही गर्नपछि हट्न नहुने बताए।

उनले भने, एनसेल बिक्री प्रकरणमा सरकार दोषी छैन, छानबिन कमिटीको प्रतिवेदनमा कोही दोषी देखाए दोषीलाई कारबाही हुनपर्छ । प्रधानमन्त्रीले जनताको अपेक्षाअनुसारको विकास निर्माण र चाहना पूरा गर्न सिङ्गो मन्त्रिपरिषद् परिचालन हुन सकेन, प्रधानमन्त्रीले धेरै काम गर्न खोज्नु भयो तर मन्त्रिमण्डलमा रहेका मन्त्रीहरुले उहाँलाई सहयोग गरिरहेका छैनन्। कर्मचारीले त झनै सरकारलाई सहयोग गरेका छैनन्।

उनले सत्ता गबन्धनमा कुनै समस्या नभएको जिकिर गर्दै पाँच वर्ष नै टिक्ने दाबी गरे। सरकारले ललिता निवास प्रकरण, सुन तस्करी काण्ड, शरणार्थी प्रकरण जस्ता काण्डमा धेरै राम्रो काम गरेको उनको भनाइ छ।

Comments

One response to “माओवादीको प्रष्टीकरण- एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    छानबिन विनै यसरी बचाउ गर्नु भनेको भाग खान पाएर हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *