मध्यपहाडी लोकमार्ग राम्रोसँग निर्माण हुन सकेको छैन : प्रकाण्ड

जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्ग विश्वकर्मा (प्रकाण्ड)ले नेकपा एमालेले आफूलाई अब मध्यपहाडको विकास र समृद्धीमा केन्द्रित गरेको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको ‘झुलाघाट चिवाभञ्ज्याङ ,समृद्धिका लागि संकल्प यात्रा’ चलिरहँदा आफ्नाे पार्टीकाे कार्यक्रमका लागि मध्यपहाडी लोकमार्गकै बाटो भएर दैलेखदेखि जाजरकोट पुगेका प्रकाण्डले यस्तो भनेका हुन् ।

‘एमालेले जो अभियान चलाएको छ । यसले सामाजिक, राजनीतिक हिसाबले राष्ट्रिय पुहुँचमा पुग्न नसकेको मध्यपहाड क्षेत्रमा केन्द्रित भएको सन्देश दिन झलाघाटदेखि चिवाभञ्ज्याङको यात्रा गरिहरहेको छ’, जाजरकोटको थलहमा भएका प्रवक्ता प्रकाण्डले भने, ‘एमाले अभियानले आफ्ना राजनीतिक र सांगठनिक कामहरुलाई मध्यपहाडमा केन्द्रित गर्यो भन्ने देखाएको छ । यो लोकमार्गलाई थप प्रभावकारी रुपमा अघि बढाउन यस क्षेत्रका अगुवा, राजनीतिक दल र नागरिकहरुसँगको छलफलले जनतालाई पनि सहज हुने र स्वयम् एमाले पार्टीलाई पनि मध्य पहाडको विकासमा स्थापित हुन सहज हुन्छ । तर यसमा उठेका विषयहरुलाई उसले (एमाले)ले कसरी उठान गर्छ र समाधान गर्छ भन्नेमा पनि भर पर्छ ।’

तत्कालीन माओवादीले सुरु गरेको दशवर्षे युद्धका क्रममा उठाएका राजनीति मागहरु आंशिक रुपमा पुरा भएपछि मध्यपहाड क्षेत्रका जनताका विकास र समृद्धीका नारा पूरा हुन नसकेको उल्लेख गरे नेता प्रकाण्डले विकासका दृष्टिकोणले मध्यपहाडी लोकमार्ग निकै महत्वपूर्ण मेरुदण्ड भएको बताए ।

राज्यले ठूलो लगानी गरेर निर्माण शुरु गरेको मध्यपहाडी लोकमार्गको विभिन्न खण्डमा राम्रोसँग निर्माण हुन नसकेको र यस क्षेत्रमा सवारी साधनहरुको चाप नहुने भएका कारण राज्यको लगानी अनुसारको प्रतिफल प्राप्त नहुने हो कि भन्ने आशंका व्यक्त गरे ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रियको नारकाका साथ एमालेले मंसिर १४ गतेदेखि बैतडीको झलाघाटदेखि सुरु भएको पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको केन्द्रीय अभियान सुदूरपश्चिम र कर्णाली प्रदेश सकेर आज गण्डकी प्रदेश प्रवेश गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *