एनसेलको लाभकर सम्बन्धी मुद्दाको पेशी मंगलबार स्थगित सूचीमा

काठमाडौं । एनसेलको लाभकर सम्बन्धी मुद्दाको मंगलबार हुने भनिएको सुनुवाइ स्थगित सूचीमा परेको छ । एनसेलले दायर गरेको रिटको सुनुवाइका लागि पेशी तोकिएपनि सर्वोच्च अदालत प्रशासनले स्थगित सूचीमा राखेको थियो ।

एनसेलले लाभकर निर्धारणमा अन्याय भएको भन्दै सर्वोच्च अदालत गुहारेको हो । यसअघि ठूला करदाता कार्यालयले सेयर खरिद गर्दा लाभकर छलेको भन्दै ५७ अर्ब लाभकर निर्धारण गरेको थियो । २०७७ मा सर्वोच्च अदालतमा दायर भएको रिटको फैसला हुन बाँकी छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *